२८ चैत्र २०८१, शुक्रबार

चिसो बढेपछि धनुषाका सामुदायिक विद्यालयहरु बन्द

धनुषा । केहि दिनदेखि तराई क्षेत्रमा बढेको अत्याधिक चिसोलाई मध्यनजर गर्दै धनुषाका विभिन्न पालिकाका सामुदायिक विद्यालयहरु बन्द भएका छन् ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरु तीन दिनसम्मका लागि बन्द गरिएको छ । विपद् व्यवस्थापन समितिको बैठकले जनकपुरधाम उपमहानगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु माघ ११ गतेदेखि १३ गतेसम्म दुई दिन जाडो बिदा दिने निर्णय गरेको छ ।

उपमहानगरका शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख धीरेन्द्र लाल कर्णले एक सूचना जारी गर्दै विद्यालय बन्द गर्ने जानकारी गराएका हुन् । दुई दिनको जाडो बिदा शैक्षिक क्यालेण्डरमा उल्लेखित वर्षे बिदावाट कट्टा गर्ने व्यवस्था मिलाइएको उनले जनाएका छन् ।

अत्यधिक जाडोको कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै माघ ११ गते शुक्रबारदेखि १३ गते आइतबारसम्म जम्मा २ दिन वर्षे बिदावाट कट्टा हुने गरी उपमहानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रशासनिक कार्यवाहेक पठन–पाठन बन्द रहने जनाइएको छ ।

त्यस्तै, धनुषाकै सबैला नगरपालिकाले पनि वर्षे विदाबाट कट्टा हुने गरी १५ गतेसम्मका लागि विद्यालयहरुमा विदा दिएको छ । यता धनुषाधाम नगरपालिकाले पनि चिसो मौसम र शीतलहरका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने नकारात्मक प्रभावलाई मध्यनजर गर्दै १३ गते सम्मका लागि विद्यालयहरुमा विदा दिएको छ ।

विद्यालयहरु बन्द
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]