०३ बैशाख २०८२, बुधबार

ठगिएकालाई न्याय र २४ करोड ६७ लाख बढी राहत दिएको दाबी

काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्य बहादुर खत्रीले वैदेशिक रोजगारीमा ठगिएको व्यक्तिहरुको मुद्दा न्याय दिने काम गरेको बताए ।

वैदेशिक रोजगार विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ६ महिनामा प्राप्त गरेको उपलब्धी राख्दै उद्धार, राहतमा पीडितहरुलाई प्राथमिकता दिदै पीडितहरुलाई न्याय दिने काम गरेको बताएका हुन् ।

उनले भने, ‘हामीले वैदेशिक रोजगारीमा ठगिएको व्यक्तिहरुको मुद्दामा न्याय दिने काम गरेको छौं । न्याय दिने काम पहिलो प्राथमिकता हो । ६ महिनाको तुलना गर्दा उद्धार तथा राहतमा पीडितहरुलाई प्राथमिकता दिनुपर्छ भन्ने कुरामा अहिलेको टिमले काम गरिरहेको छ । विगत ६ महिना पहिले १४ करोड ९१ लाख ८६ हजार राहत तथा क्षतिपूर्ति बापत पीडितले प्राप्त गरेका थिए । अहिले विगतको ६ महिनापछि तुलनागर्दा झण्डै ११ करोड बढी देखिएको छ । २४ करोड ६७ लाख ३२ हजार ६ सय ६० रुपैँया राहत तथा क्षतिपूर्ती बापत पीडितहरुको लागि भनेर विभागबाट उपलब्ध गराएको छौ । कहिलेकाहीं विभागमा न्याय पाइएन भन्दै सन्देश जान सक्छ तर क्षतिपूर्ती भराउने काम गरेका छौ ।’

उनले विगत ६ महिना यता विभिन्न इजाजत प्राप्त संस्थाहरुको अनुगमन गरी कारवाही गरेको पनि बताए ।

उनले भने, ‘६ महिनामा ५८ वटा इजाजत प्राप्त संस्थाहरुको अनुगमन गरेका छौ । उजुरीसँग जोडिएका बिषयहरु, स्वीकृती नलिइ अन्तरवार्ता लिइरहेका, कतै एक ठाउँको स्वीकृती लिएर अर्कै ठाउको लागि पैसा उठाएका केसहरुको उजुरी आउँदा ५८ वटा संस्थाहरुको अनुगमन गरेका छौ । कारोबार बन्द हुनेगरी ५६ वटा संस्थाहरुलाई कारवाही गरेका छौं ।’

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]