०३ बैशाख २०८२, बुधबार

मिटरव्याज पीडितहरूले आर्थिक शोषणविरुद्ध जनजागरण अभियानको शुरुवात गर्दै

काठमाडौं । मिटरव्याज पीडितहरूले जारी रहेको आर्थिक शोषणविरुद्ध जनजागरण अभियान माघ १४ गतेबाट शुरुवात गर्ने घोषणा गरेको छ ।

मिटरव्याज विरुद्ध किसान मजदूर आन्दोलन नेपालले आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर मिटर व्याज पीडितको न्यायका लागि पुनः शान्तिपूर्ण आन्दोलन गर्नका लागि विवश रहेको जनाएको हो ।

मिटरव्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाले यस पटक पीडितहरूको सहभागितामा अभियानको शुरुवात जनकपुरधामबाट गर्न लागेको जानकारी दिए ।

उनले पत्रकार सम्मेलनमा मिटरव्याजको विरुद्ध आन्दोलनको बिस्तार देश व्यापी रुपमा गर्ने पनि बताए । मिटर व्याजका कारणले चार जना सहिद भएको बताउँदै यस अघि पटक पटक सरकारले सम्झौता गरेपनि कार्यान्वयन नगरेको गुनासो गरे।

सङ्घर्ष समितिका अध्यक्ष कुशवाहाले मिटरव्याजको विरुद्ध संसदमा कानून बनेको भए पनि यसको कार्यान्वयनमा ढिलाई भइरहेको बताउँदै देशमा ६० हजार निवेदन परेको भए पनि अहिलेसम्म १० प्रतिशतले मात्र न्याय पाएको र धेरैले फर्जी कागजकै आधारमा कारागार चलान भएको उदाहरण दिए ।

राज्यको प्राथमिकतामा राखेर मिटरव्याज पीडितहरूको मुद्दा नरहेको र यदि यही स्थिति जारी रह्यो भने आन्दोलनको रूप परिवर्तन गर्ने चेतावनी सङ्घर्ष समितिका केन्द्रीय महासचिव मनोज पासवानले बताए ।

मिटरव्याज पीडितहरूको जनजागरण अभियानको कार्यक्रम माघ १४ गते जनकपुरधाममा हुने वृहत् घोषणा सभामा सार्वजनिक गरिनेछ । यस अभियानले जनतामा मिटरव्याजको समस्या र यसको समाधानको आवश्यकता बारे गहिरो सचेतना फैलाउने पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

मिटरव्याज पीडित
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]