०३ बैशाख २०८२, बुधबार

प्रथम गरुडा व्यापार महोत्सव सुरु ,तिन लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा

रौतहट । कृषि उत्पादनको बजारीकरण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रौतहटको गरुडामा प्रथम गरुडा व्यापार महोत्सवको आयोजना गरिएको छ ।

महोत्सवमा यहाँका कृषकले उत्पादन गरेको कृषिजन्य सामाग्री र पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेगरि स्टल राखीएको छ । गरुडा नगरपालिका ४ स्थित रहेको श्रीराम सुगर चिनी मिलको प्राङ्गणमा शुक्रबार देखि महोत्सव सुरु भएको हो । गरुडा नगर उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव १५ दिनसम्म चल्ने छ । गरुडा नगरका व्यापारीहरूको व्यापार बढाउने एवं जीविकोपार्जन सुधार गर्ने उद्देश्यले बृहत व्यापार महोत्सवको आयोजना गरिएको आयोजक गरुडा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सतिश साहले बताए ।
उनका अनुसार महोत्सवमा हाल ५० भन्दा बढी स्टल राखिएको छ । त्यो संख्या बढेर सय सम्म पुग्ने उनले जानकारी दिए ।

महोत्सवमा करिब ५ देखि ८ करोडको कारोबार हुने र तिन लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा राखिएको संघका अध्यक्ष साह बताए । महोत्सवमा रौतहट सहित सर्लाही, बारा र आसपासका जिल्लाका बासिन्दा आउने आयोजकले जानकारी दिएको छ ।
मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य तथा खाद्यान्नका सामग्री, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, मेसिनरी औजार, मेसिनरी सामानका पार्टपुर्जा, विभिन्न ब्राण्डका मोबाइल, इलेकट्रोनिक्स सामानको स्टल महोत्सवमा छ ।महोत्सवमा बालबालिकाको खेल सामग्रीका साथै दैनिक दर्जनौँ राष्ट्रिय तथा स्थानीय कलाकारको साङ्गीतिक र हास्यव्यङय सहितका मनोरञ्जनात्मक प्रस्तुति रहनेगरुडा नगर उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]