०६ बैशाख २०८२, शनिबार

अवस्थामा परिवर्तन भएन भन्ने खालका गलत प्रचार गरियो : मन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा सहरी बिकासमन्त्री प्रकाशमान सिंहले सरकारले विधेयकहरुलाई कानूनमा परिणत गर्ने र बाँकी रहेका कामहरुलाई जोड दिएर अगाडि बढाउने पक्षमा लागि रहेको बताएका छन् ।

बुद्धनगर टोल सुधार समितिको २२औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले व्यवस्था परिवर्तन भएपनि अवस्थामा परिवर्तन भएन भन्ने खालका गलत प्रचारहरु भइरहेको भन्दै सरकारले धेरै परिवर्तनहरु गरेको बताए ।
उनले भने, ‘अहिले जुन सरकार बनेको छ । यो सरकारले खास गरेर विधेयकहरुलाई कानूनमा परिणत गर्ने कामदेखि सबै बाँकी कामहरुलाई जोड दिएर अगाडि बढेको छ । ०४६ सालपछि परिवर्तन आइसकेपछि कतिको फरक भएको छ भन्ने कुरा सबैले देखेका छौ । तर अहिले आएर व्यवस्था परिवर्तन भयो तर अवस्थामा परिवर्तन भएन भन्ने खालका गलत प्रचार भएको छ । यसमा बुझ्नु पर्ने कुरा के हो भने पहिला र अहिलेको अवस्थामा धेरै परिवर्तन आएको छ ।’
यसका साथै, उनले सही र गलतको फरक गर्ने कुरामा संवेदनशील भएर सोच्नुपर्ने भन्दै अस्वस्थ्य प्रतिस्पर्धाको पछि लाग्ने हो भने देशले सही दिशा नपाउने बताए ।

बिकासमन्त्री प्रकाशमान सिंह
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]