०३ बैशाख २०८२, बुधबार

हुस्सुका कारण सवारी दुर्घटना कम गर्न ट्राफिकको विशेष अभियान

रौतहट । रौतहट ट्राफिक प्रहरीले बाक्लो हुस्सुका कारण हुने सवारी दुर्घटना न्यूनिकरणका लागि अभियान थालेको छ ।

विशेषगरी बिहान र बेलुकाको समयमा बाक्लो हुस्सु लाग्ने र नजिकको सवारी साधन पनि नदेखिदा दुर्घटनाको जोखिम हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

सवारीको अधिक चाप रहने पूर्व–पश्चिम राजमार्ग र चन्द्रनिगाहपुर गौर सडक खण्डमा दुर्घटना न्युनिकरणका लागि अभियान नै सञ्चालन गरेको ट्राफिक प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारी बताए ।

उनका अनुसार यस अभियान अन्तर्गत सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने, सवारी चालकको स्वास्थ परीक्षण गर्ने, इन्डिकेटर बत्ती बालेर बिस्तारै सवारी चलाउन अनुरोध गरिन्छ ।

सवारी दुर्घटना प्रायः चालकको लापरबाहीले हुने गरेको पाइएकाले न्युनिकरणका लागि प्रशिक्षण दिने गरिएको उनले जानकारी दिए ।बाक्लो हुस्सुमा सवारी चलाउँदा अपनाउनु पर्ने सतर्कताको बारेमा चालकलाई बुझाउने गरेको ट्राफिक प्रहरी निरीक्षक अधिकारी बताए ।

उनले सवारी साधनको अवस्था पनि जाच गर्ने गरेको बताए ।ट्राफिक कार्यालय रौतहटले विभिन्न पालिका अन्तर्गतका विद्यालयमा दुर्घटना न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम समेत गर्दै आइरहेको उनले उल्लेख गरेका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार आर्थिक वर्ष २०८१÷८२ को पुष मसान्तसम्म ३ सय ८५ वटा सवारी दुर्घटनामा ३१ जनाले ज्यान गुमाए भने ६१० जना घाइते भएका छन ।
ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरण संगै नियम बिपरित कार्य गर्ने चालकलाई कारबाही गरि राजश्व सकलन गर्ने गरेको जनाएको छ ।

दुर्घटना न्युनिकरण
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]