०३ बैशाख २०८२, बुधबार

विद्यालय व्यवस्थापन समिति हटाउन आवश्यक : मुख्यमन्त्री सिंह

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले देशको शिक्षा सुधारकालागि विद्यालयहरुबाट विद्यालय व्यवस्थापन समिति हटाउनु आवश्यक रहेको बताएका छन् ।

प्रधानाध्यापकहरुको संगठन प्रिन्सिपल एसोसिएसन अफ नेपालले शनिबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले विद्यालय व्यवस्थापन समितिका कारण विद्यालयमा समेत राजनीति हुने गरेको र यसले शैक्षिक गुणस्तरीयता खस्किरहेको धारणा व्यक्त गरे ।

उनले विद्यालय व्वस्थापन समितिकै कारण आसेपासेका नातागोतालाई शिक्षकमा भर्ती हुने गरेको र यसले गुणस्तरीय शिक्षकको विद्यालयहरुमा भर्ती हुन नसकिरहेको आरोप समेत लगाए ।

यसका लागि प्रधानाध्यापकहरु स्वयं जिम्मेबार रहेको बताए । त्यसैले यो परिपाटी सुधार गर्न विद्यालय व्यवस्थापन हटाउनु आवश्यक रहेको उनले बताए ।

मुख्यमन्त्री सिंहले,‘सबै क्षेत्रमा मासिक तलब प्राप्त हुन्छ तर शिक्षकहरुलाई ४ महिनामा तलब किन ? भन्दै प्रश्न गरे । उनले शिक्षकहरुले समेत मासिक रुपमै उपलब्ध हुनुपर्ने उल्लेख गरे ।

मुख्यमन्त्री सिंहले विकसित मुलुकहरुमा शिक्षकहरुको उच्च सम्मान हुन्छ तर हाम्रो जस्तो देशमा त्यस्तो अवस्था छैन । उनले प्रश्न गरे ‘शिक्षकहरुलाई प्रमुख जिल्ला अधिकारीभन्दा माथि किन नराख्ने ?’

मुलुकको शिक्षा सुधार्नका लागि विद्यालय तहबाटै शिक्षाको अवस्था मजबुत बनाउनु आवश्यक रहेकाले त्यसतर्फ ध्यान पुर्याउन संघ तथा स्थानीय सरकारलाई मुख्यमन्त्री सिंहले आग्रह गरे ।

मुख्यमन्त्री सतिश कुमार सिंह
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]