०३ बैशाख २०८२, बुधबार

गणतन्त्र जनताको बनाउन फेरि लड्ने बेला भएको छ : दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रियावादीहरूले गणतन्त्रलाई बिचौलियाहरूको हितका लागि प्रयोग गरिरहेको बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित गणतन्त्र सेनानी सम्मान २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

‘गणतन्त्र त आयो तर, त्यो गणतन्त्र जनताकै हुन्छ कि हुँदैन भन्ने कुरा महत्त्वपूर्ण थियो र छ । प्रतिक्रियावादीहरूले गणतन्त्रलाई बिचौलियाहरूको हितका निम्ति प्रयोग गर्दैछन् । हामीले त्यसका लागि लड्नुपर्छ । विगत र वर्तमानको आकलन गर्दा फेरि माओवादी जनयुद्धका सहभागीहरू एकताबद्ध हुनैपर्ने आवश्यकता पैदा भएको छ । विभाजनको शृङ्खला रोकेर एकताको शृङ्खला सुरु गर्नेछौँ,’ दाहालले भने ।उनले आफू अगाडि बढि नै सकेको पनि बताए । ‘म त अगाडि बढि नै सकेँ कमरेडहरू, अब माओवादी कसैको वैशाखी टेक्दैन, आफैँ लड्छ । जनताको तागत लिएर सडकमा आएर प्रतिक्रियावादीहरूलाई परास्त गर्छ,’ दाहालले भने ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]