०६ बैशाख २०८२, शनिबार

सुनिल बिकको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘सल्ले वनको डल्ले च्याउ’ सार्वजनिक

काठमाडौं । सुनिल बिकको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘सल्ले वनको डल्ले च्याउ’ सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो गीतको भिडियो रिलिज गरिएको हो ।

गीतमा पछिल्लो समय लोक दोहोरीका चर्चित गायक तथा संगीतकार खेम सेञ्चुरी र मेलिना राईको स्वर छ । नेत्र अर्यालको शब्द रचना रहेको गीतमा प्रभात पाल ठकुरी, उषा उप्रेती, बद्री प्रसाद तिवारी, कमलमणी नेपाल, जानकी परियार लगायतका कलाकारको अभिनय रहेको छ ।

सार्वजनिक गीतको कथा पनि निर्देशक सुनिल बिकले तयार गरेका हुन् । गीतको भाव अनुसार नै गीतको कथा बुनिएको निर्देशक बिकले गीत रिलिज कार्यक्रममा बताए ।

यो भिडियोको पोष्ट प्रोडक्सनको काम आगामी चैत्र २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘वसन्त’ निर्माण कम्पनि गलबन्दी प्रोडक्सनमा गरिएको हो । निर्देशक सुनिल वसन्तका मुख्य सहायक निर्देशक समेत हुन् ।

ब्ल्याक बी पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी, रोशन विश्वकर्माको कोरियोग्राफी, राजेन्द्र मोक्तानको रंग सयोजन, प्रविन भट्टको सम्पादन रहेको छ ।

शनिबार सार्वजनिक गरिएको म्युजिक भिडियो सल्ले वनको डल्ले च्याउ निर्माणमा सहयोग गरेको भन्दै निर्देशक सुनिल बिकले विशाल सुनार, कमल सुनार र दिन श्रीरिषप्रति आभार प्रकट गरेका थिए ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]