०३ बैशाख २०८२, बुधबार

टिप टप इन्डो नेपाल टी–२० : वंशको शतकमा ग्रेट हिमालयनको विजयी सुरुआत

काठमाडौं । ग्रेड हिमालय क्रिकेट एकेडेमीले टिप टप इन्डो नेपाल टी–२० क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

डिएभि सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा आइतबारबाट सुरु भएको उद्घाटन खेलमा हिमालयनले विजयी सुरुआत गरेको हो ।

मुलपानी क्रिकेट मैदानमा ( तल्लो ) हिमालयनले दिएको १८३ रनको लक्ष्य पछ्याएको एक्सिलेन्ट क्रिकट सेन्टरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन मात्रै बनाउन सक्यो ।
उसका लागि देबास लामिछानेले २५ बलमा २७ रन बनाउँदा रौनक शाहीले १९ बलमा २४ रन बनाए। यता, हिमालयनका लागि सुप्रीम सुनुवारले तीन विकेट लिँदा उद्वव श्रेष्ठले एक विकेट हात पारे ।

त्यसअघि पहिले ब्याटिङ गरेको हिमालयनका लागि भ्यान्स क्षेत्रीले शतकिय पारी खेलेका थिए। उनी ७० बलमा १०९ रनमा अविजित रहे। यस्तै अभि थपलियाले ३९ बलमा ४३ रनको योग्दान दिए । यता, एक्सिलन्टका लागि रविन बस्नेतले एक विकेट हात पारे ।

माघ १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ६ टोलीको सहभागिता छ । यस्तै प्रतियोगिताको मुख्य प्रायोजक टिप टिप छ ।

प्रतियोगितामा १६ बर्ष मुनिका र कक्षा १० सम्म अध्यनरत विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् । लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका सबै खेल तल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा बोलपुर युथ टाउन, वेस्ट बंगाल, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, डिएभी क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र एन्जल्स स्पोट्र्स एकेडेमीको सहभागिता रहनेछ ।

प्रतियोगिताको उद्घाटन सुशील केडिया विश्व भारतीय स्कुलका अध्यक्ष अनिल केडियाको प्रमुख आतिथ्यमा भएको थियो। समारोहमा बोल्दै केडियाले प्रतियोगिताले अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निभाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]