१२ बैशाख २०८२, शुक्रबार

हेटौंडामा सहिद सप्ताहका कार्यक्रमहरु सुरु

मकवानपुर । सहिद सप्ताह–२०८१ का अवसरमा आज(आइतबार) रक्तदान कार्यक्रम आयोजना गरिएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तरगत आइतबार हेटौंडा–११, स्थित सहिद स्मारक परिसरमा आयोजित रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेका छन् ।

स्मारक विकास समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी हेटौंडा–११ शाखाको व्यवस्थापन तथा रक्त सञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।

स्मारक विकास समितिले हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिदहरुको सम्झनामा विविध कार्यक्रमको आयोजना गरेर दिवस मनाईरहेको छ । जस अनुसार, पहिलो दिन माघ १० गते राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरिएको थियो । दोस्रो दिन पत्रकार भेटघाट तथा बधाई कार्यक्रम र तेस्रो दिन स्मारक परिषरमा विशेष सरसफाई कार्यक्रम गरेको समितिका सचिव रघुनाथ खुलालले जानकारी दिए ।
सचिव खुलालका अनुसार सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो दिन भोली माघ १४ गते बिहान साढे ७ गते लखन वाटीका व्यवस्थापन समितिको व्यवस्थापनमा हेटौंडा–१२ स्थित प्रथम सहिद लखन थापा वाटीकामा श्रद्धान्जली कार्यक्रम, माघ १५ गते मदन भण्डारी फाउण्डेशनको व्यवस्थापनमा नगर स्तरीय बाल क्लबहरुको सहभागीतामा ‘लोकतन्त्र प्राप्तीका लागि राजनितिक दलको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता र शिक्षक संगठनको व्यवस्थापनमा शिक्षक दौड प्रतियोगिता र महिला शिक्षकको स्लो स्कुटर प्रतियोगिता आयोजना हुने सचिव खुलालले बताए ।

यस्तै सप्ताहव्यापी कार्यक्रमाको अन्तिम दिन माघ १६ गते बिहान साढे ७ बजे बागमती प्रदेश सरकारको समन्वयमा प्रभातफेरी, सहिदप्रति सलामी, पुष्पार्पण, श्रद्धान्जली सभा र सम्मान कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी कार्यक्रमको समापन गरिने सचिव खुलालले जानकारी दिए ।

सहिद सप्ताहका कार्यक्रम
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]