०३ बैशाख २०८२, बुधबार

स्वतन्त्र पत्रकारितामाथि कसैले पनि अवरोध गर्नु हुँदैन ः गृहमन्त्री लेखक

काठमाडौं । नेपाल पत्रकार महासंघले गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाएको छ ।

सोमबार पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको समूहले प्रेस स्वतन्त्रता हनन्मा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री लेखक समक्ष ध्यानार्षण पत्र बुझाएको हो ।
उक्त ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रमेश लेखकले स्वतन्त्र पत्रकारितालाई कसैले पनि अवरोध गर्न नहुने बताए । उनले पत्रकारितालाई व्यवसायीक ढंगले निष्पक्ष र स्वतन्त्रपूर्ण बनाउन सबै निकाय र पत्रकार महासंघले पनि ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘खास गरेर पत्रकारिताको व्यवसायीक स्वतन्त्रता र पत्रकारकामाथि कुनै पनि खालका अवाञ्छित दबावहरु भौतिक खालका, मांसिक खालका अथवा स्वतन्त्र पत्रकारिताई अवरोध गर्ने, खण्डित गर्ने, दबावहरु कसैले गर्नु हुँदैन । पत्रकारितालाई व्यवसायीक ढंगले निष्पक्ष र स्वतन्त्र वातावरण बनाउन.सरकार तयार छ ।’

साथै उनले पत्रकारिता लोकतन्त्रको बाहक र संरक्षक समेत भएको बताए । उनले पत्रकारिता लोकतन्त्रको थर्मोमिटर समेत भएकाले नेपालको संविधानले पूर्ण पत्रकारिता स्वतन्त्रतामा ध्यान दिएको बताए ।

त्यसैगरी अध्यक्ष शर्माले पत्रकार महासंघको निर्वाचन शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न सरकारले निभाएको भूमिकाप्रति धन्यवाद दिईन् ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]