०३ बैशाख २०८२, बुधबार

१३ दिनदेखि लागेको पातले छाँगोको ताला खुल्यो

पोखरा । पोखराको गहना पातले छाँगो (डेविज फल्स)मा लागेको ताला १३ दिनपछि खुलेको छ ।

आफ्नो स्वामित्वमा रहेको डेविज फल्स संचालनमा छोरेपाटन उच्च माविले अवरोध गरेको भन्दै पोखरा महानगरपालिकाको कार्यालय आफंले लगाएको ताला आज बिहान खोलिएको हो ।

आइतबार पोखरा महानगरपालिकामा भएको सर्वदलीय बैठकले उक्त पातले छाँगो महानगरपालिकाले आफैं संचालन गर्ने सहमति भएपछि आज बिहानै महानगरपालिकाका प्रवक्ता एवम पोखरा २५ का वडाअध्यक्ष मोतिराज तिमिल्सिना र पोखरा ५ का वडाअध्यक्ष बिष्णुप्रसाद बराल त्यहाँ लागेको ताला खोल्न पुगेका थिए । तर केही स्थानीय बासिन्दा, छोरेपाटन उच्च माविका अभिभावक एंव विद्यार्थीहरुले विरोध गरेका थिए ।

छोरेपाटन उच्च माविका पूर्वविद्यार्थी एंव नेपाली कांग्रेसका स्थानीय नेता देवराज आचार्यले महानगर आफैंले संचालन गर्ने शर्तमा आफूहरु पातले छाँगोमा लगाइएको ताला खोल्न तयार भएको जानकारी दिंदै अन्यथा आफूहरु फेरी आन्दोलनमा उत्रने चेतावनी दिए ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]