
तराई मधेशका जिल्लाहरूमा यति बेला शितलहरको प्रकोप चलेको छ । सप्तरीमा त यसवर्षको ठण्डीबाट एक जानाले ज्यानै गुमाईसकेका छन् चिसोले कठ्यांग्रिएर एक पुरुषले ज्यान गुमाउनु परेको द:खद अबस्था छ ।
लगातारको ठण्डीका कारण कतिपय पालिकाहरुले विद्यालयमा विदा दिने निर्णय समेत गरिसकेका छन् । प्रकोपकै कुरा गर्नु पर्दा तराई मधेशका जिल्लाहरू ठण्डीले मात्र प्रभावित रहदै अाएका चाहि होईन । अबको दुई महिनापछि सुख्खा हुने तथा गर्मीमा हावाहुरी चलनका साथै आगलागिको घटना पनि बढने जोखिम रहन्छ । आगलागिले सप्तरीमा पनि वर्षनी जस्तो ठुलो क्षति गर्दै आएको छ।
सुख्खा यामपछि वर्षामा वाढीको पनि उत्तिकै जोखिम रहने गरेको छ। वर्षमै तीन पटक यश प्रकारका प्रकोपको सामना गर्नु परिरहेका कारण जनताको सुरक्षाकालागि विषेश कार्यक्रम नै ल्याउनुपर्ने अावश्यकता बढेको हो । त्यसैले प्रकोपले क्षति पुर्याईसके पछि मात्र राहत वितरणमा जाने परिपाटी भन्दा पनि लगातारको प्रकोप सामनाकालागि दिगो व्यवस्थापनका बारेमा सोच्नु पर्ने भएको छ ।