०६ बैशाख २०८२, शनिबार

सरकारले ल्याएको अध्यादेश प्रतिगमनतिरको यात्रा भएको प्रचण्डको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएको छ महिनामा गरेको क्रियाकलाप हेर्दा सरकार गलत उद्देश्यले र अप्राकृतिक रुपले बनेको पुष्टि भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा, नेपालको राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार विचार सभालाई सम्भोधन गर्र्दै उनले सरकार भ्रष्टाचारीहरुको रक्षाका निम्ति र सामाजिक अन्याय कायम गर्ने उद्देश्यद्वारा गठन भएको बताएका हुन् ।

उनले भने,‘अहिले सरकारमा गएकाहरु कुनै देशको निम्ति सकारात्मक काम गर्ने उद्देश्यले होइन् । उनीहरु भ्रष्टाचारीहरुको रक्षा गर्नका निमित्त संविधानमा भएका प्रगतिशिल तत्वहरुलाई हटाउन र त्यसलाई प्रतिगामी स्वरुप दिने उद्देश्यद्वारा र सामाजिक न्याय कायम गर्न होईन अन्याय कायम गर्ने उद्देश्यद्वारा यो सरकार गठन भएको छ । र सरकारले आफै प्रतिवद्धता गरेको मान्यता विपरीत पनि गठन छ । त्यसैले सरकार,अप्राकृतिक, अलोकतान्त्रि छ र सरकार आफैंमा गलत उद्देश्यले बनेको छ । गएको छ महिनामा सरकारले गरेको क्रियाकलापले त्यो देखाइरहेको पनि छ ।’

अध्यक्ष प्रचण्डले सरकारले अध्यादेश पनि बढो अलोकतान्त्रि र निरङकुश तरिकाले ल्याएको आरोप लगाए । अध्यादेश प्रतिगमनतिरको यात्राको पाईलाहरु नै हो भन्ने महशुस भएपछि तत्काल अधिवेशनको आव्हन गरेको उनले जानकारी दिए ।

त्यस्तै उनले, विगतको लामो अनुभवबाट निर्मित संविधानमा भएका सकारात्मक परिवर्तनहरु उल्ट्याउने जमर्को भइरहेको उनको भनाइ छ । कहिले पटक–पटक संविधान मिचेर प्रतिनिधि सभा विगठन गर्ने नाममा त कहिले संविधान संशोधनको नाममा यो जनताको अधिकारहर खोस्ने जर्मको भइरहेको उनले बताए ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]