०५ बैशाख २०८२, शुक्रबार

तारा एयर लाइन्सले सुर्खेतदेखि हिमाली ३ जिल्लामा उडान

मुग । लामो समय देखी सुर्खेत विमानस्थलबाट उडान नभएका कर्णालीका ३ जिल्लामा बुधबारबाट तारा एयरलाइन्सले उडान सुरु गरेको छ ।लामो समयपछि सुर्खेतबाट कर्णालीका हुम्ला, मुगु र जुम्लामा तारा एयरलाइन्सले उडान सुरु गरेपछि सबैभन्दा बढी सुर्खेतमा बसोबास गर्दै आएका साविक कर्णालीका स्थानिय र अध्यनरत बिद्यार्थीहरु लाभान्वित भएका छन् ।सुर्खेतबाट कर्णालीका ३ हिमाली जिल्लामा हिमाली टुर्स एण्ड ट्राभल्सले उडानको जिम्मा लिएइको छ । तारा एयरलाईन्सले हप्ताको बुधबार र शनिबार सिमीकोट, जुम्ला र रारा बिमान स्थलमा उडान गर्ने तारा एयरलाईन्स नेपालगंजका स्टेसन इन्चार्ज सूर्यमणी सुबेदीले जानकारी दिए । उनका अनुसार सुर्खेत —सिमिकोट ८ हजार सुर्खेत—रारा ६ हजार ५ सय र सुर्खेत—जुम्ला ६ हजार ५ सय भाडा निधारर्ण गरिएको छ ।

सुर्खेतदेखि कर्णालीका यी जिल्लामा तारा एयरलाइन्सले उडान गरेपछी जहाजमा यात्रा गर्न कै लागि सुर्खेतबाट नेपालगन्ज गाडी भाडा तिरेर जान बाध्य भएका मुगु, हुम्ला र जुम्लाका स्थानीय तथा बिद्यार्थीहरु सुर्खेतबाट उडान हुने भएपछि सुर्खेतबाट एक हजार भाडा कम लाग्ने र समय पनी कम लाग्ने भएपछि सुर्खेतमा अध्यन र बसोबास गर्दै आएका यी जिल्लाका स्थानीयहरु हर्षित भएको बताएको छ ।यात्रुको चाप अनुसार थप उडान गरिने भएपछी सुर्खेतबाट मुगु, हुम्ला र जुम्ला रहेका पर्यटकीय स्थलको आन्तरिक पर्यटन टेवा पुगोस् भन्ने हेतुले व्यवसायिक रुपमा उडान गर्ने हिमाली ट्रर्स एण्ड टा«भल्सका प्रबन्ध निर्देशक मीनबहादुर रावलले बताए ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]