०६ बैशाख २०८२, शनिबार

चाडपर्वहरूले एकता, मेलमिलाप, शान्ति र सौहार्दता अभिवृद्धिमा सघाउ पुर्याउछ : प्रदेश प्रमुख देवकोटा

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बिहीबार परेको सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख देवकोटाले चाडपर्वहरू सांस्कृतिक सम्पन्नताका परिचयात्मक भएको उल्लेख गर्दै यस्ता पर्वहरूले एकता, मेलमिलाप, शान्ति र सौहार्दता अभिबृद्धिमा सघाउ पु¥याउने सन्देशमा उल्लेख गरेका छन् ।

‘सोनाम ल्होसार २०८१ को अवसरमा बागमती प्रदेश, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु’ देवकोटाको शुभकामना सन्देशमा भनिएको छ ।

नेपालमा खासगरी मध्य भागको हिमाली, उच्च पहाडी र पहाडी भुभागमा बसोबास गर्ने संस्कृतिका धनी तामाङ समुदायले सोनाम ल्होसार पर्वलाई नाचगान, आफन्त भेटघाट र खानपिन गरेर रमाइलोका साथ मनाउने प्रचलन छ ।

यो पर्वमा कुलपूजा र प्रकृति पूजा गर्ने परम्परा छ । चेलीबेटी बोलाएर टीका लगाइदिने गरिन्छ । परम्परागत पहिरनले सजिएर एक ठाँउमा भेला भै तामाङ्सेलो नाच प्रस्तुत गरिन्छ ।

घर बस्तिहरू सफा राख्नुका साथै बुद्धका तस्बिर अङ्कित ध्वजापताका टाँगेर भगवान बुद्धप्रति श्रद्धाभाव प्रकट गरिन्छ । गुम्बा, चैत्यहरूमा पूजा गरिन्छ । बौद्ध परम्पराका रितिरिवाजलाई आधार मानी हासीखुसीका साथ ल्होसार मनाइन्छ ।

प्रदेश प्रमुख देवकोटा सोनाम ल्होछार
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]