०३ बैशाख २०८२, बुधबार

अवैध लागूऔषधसहित एक जना पक्राउ

पोखरा । पोखरा ल्याइँदै गरेको अवैध लागूऔषधसहित स्याङ्जामा एक जना युवा पक्राउ परेका छन् ।

रुपन्देही सिद्धार्थनगर नगरपालिका – १३ देवकोटाचोकका १९ वर्षीय अंगत सेन्चुरी अवैध लागूऔषध पोखरा ल्याउँदै गर्दा स्याङ्जामा पक्राउ परेका हुन् ।

सोमबार राती ९ बजे बुटवलबाट पोखरा जाँदै गरेको हाइसमा सवार सेन्चुरीलाई सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका – १ बसपार्कमा सवारीसाधनहरु चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

अभियुक्त सेंचुरीको साथबाट नाइट्राभेट – १० नामक नियन्त्रित लागूऔषध २० पत्ता बरामद भएको र सो सम्बन्धमा आबश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

लागूऔषधसहित एक जना पक्राउ
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]