०६ बैशाख २०८२, शनिबार

गुणस्तरीय पत्रकारिता गर्न आवश्यक : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेको अवस्थामा गुणस्तरीय पत्रकारिता गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार प्रेस चौतारी ललितपुर जिल्ला समिति नेपालको छैटौं जिल्ला अधिवेशनमा बोल्दै उनले अहिले सूचना प्रविधिको दुरुपयोग भइरहेकाले सत्य तथ्यलाई जोगाउन आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘मिडियालाई सत्यतथ्यको लागि बचाउनुपर्ने छ । प्रेस चौतारीले मिडियाहरुलाई कसरी बचाउने ठूलो चुनौति छ । सूचना प्रविधिको दुरुपयोग असाध्यै तिव्र रफ्तारमा गइरहेको छ । सही र गलत सूचनाहरुको बीचमा मिडियाहरु छन् । जानकारीमूलक समाचारलाई जोगाउन आवश्यक छ ।’

साथै उनले अहिलेको समयमा धेरै मिडियाहरु भएकाले संख्याको हिसावले मिडिया नजोगिने बताए । उनले संचारमाध्यमहरु टिक्नको लागि कतिको गहिराइका साथ समाचार उजागर गर्न सकिन्छ भन्ने विषय ठूलो भएको बताए ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]