१२ बैशाख २०८२, शुक्रबार

सोनाम ल्होसार : चन्द्रपुरमा सास्कृतिक कार्यक्रम

रौतहट । सोनाम ल्होसारको अवसरमा चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानमा विशेष सास्कृतिक कार्यक्रम गरिएको छ ।

नेपाल तामाङ घेदुङको अगुवाइमा चन्द्रपुर नगरपालिका वडा नं १ नुनथर बागमती, वडा नं ४ को टेकान र वडा नं ३ को गैडाटारमा सास्कृतिक कार्यक्रम भएको हो ।

पर्यटकिय क्षेत्र नुनथरमा भएको सास्कृतिक कार्यक्रमको उदघाटन सघीय सांसद देव प्रसाद तिमल्सिनाले गरेका हुन । सो कार्यक्रममा बोल्दै उनले तामाङ समुदायको सास्कृति तथा संरक्षण एवम् प्रवद्र्वनमा यस्ता किसिमको कार्यक्रमले टेवा पुग्ने विश्वास लिएको बताए । यस्ता किसिमको चाडपर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याउने उनको भनाइ छ ।
मधेस प्रदेश सभा सदस्य युवराज भट्टराईले यस किसिमका पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव कायम गर्न तथा सामाजिक सम्मिलनमा महत्तवपूर्ण योगदानका साथै सांस्कृतिक पर्यटनको विकासमा समेत ठुलो सहयोग पुगेको बताए ।

नेकपा एमालेको तर्फबाट आरती भण्डारीले शुभकामना मन्तव्य राखेकी हुन । तामाङ समुदायका मानिसहरुले आ–आफ्नै भेषभूषा लगाएर कार्यक्रममा सहभागी भएका थिए । एक आपसमा शुभकामना आदानप्रदानसँगै विभिन्न कार्यक्रम गरी बिहीबार सोनाम ल्होसार मनाइएको हो ।

सोनाम ल्होसार विशेष गरेर तामाङ समुदायले घर, गुम्बा तथा सार्वजनिक स्थानमा पूजाआजा, प्रार्थना, पारिवारिक भेटघाट र सांस्कृतिक कार्यक्रमहरू गरी मनाउने गर्दछन् । ल्हो” को अर्थ वर्ग अर्थात् वर्ष हो भने “छार” को अर्थ नयाँ हो । सोनाम ल्होछार १२ पशु चक्र (मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर) अनुसार मनाइन्छ ।
गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गर्दै यो पर्व मनाइएको छ ।

सोनाम ल्होसार
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]