०३ बैशाख २०८२, बुधबार

‘फेरि रेशम फिलिली’को ‘फेरी जालमा’ सार्वजनिक

काठमाडौं । महाशिवरात्रीका अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘फेरि रेशम फिलिली’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।

बिहीबार राजधानीमा आयोजिक एक कार्यक्रमका बीच सिनेमा समावेश गीत ‘फेरी जालमा’ रिलिज गरिएको हो ।

करिब १० वर्ष अघि २०७१ सालमा रिलिज गरिएको जालमा गीत भाइरल भएको थियो । यही गीतका कारण त्यो वेला ‘रेशम फिलिली’ सिनेमाले बक्सअफिसमा आक्रामक सुरुवात गरेको थियो ।

तर, सिनेमा प्रदर्शनको दोस्रो दिन नै भुइचालो गएपछि सिनेमाको प्रदर्शन रोकिएको थियो । त्यसबेला प्राकृतिक विपत्तीका बाबजुद पनि राम्रो व्यापार गरेको सिनेमाको सिक्वेल निर्माण गरिहको छ ।

सिनेमाको मात्रै नभई त्यतिवेला भाइरल भएको गीत जालमाको समेत दोस्रो भाग अर्थात् रि–क्रियट गरिएको छ । सोही गीत विहीबार एक कार्यक्रमका बीच रिलिज गरिएको हो । कालीप्रसाद बाँस्कोटाको संगीतमा तयार भएको गीतको शब्द मानस राजले लेखेका हुन् । गायनमा काली र सोमिया बराईली रहेका छन् ।

गीतको भिडियोमा प्रदिप लामाको कोरियोग्राफी र शिवराम श्रेष्ठले छायांकन गरेका हुन् । बिहीबार युट्युबमा सार्वजनिक ‘फेरि जालमा’ गीतमा सिनेमाका मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्ट फिचर्ड छन् ।

यो सिनेमालाई निरज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन् । सिनेमामा विनय, सुपुष्प, कामेश्वर, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ । सिनेमामा ‘रेशम फिलिली’का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छन् । सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]