१५ बैशाख २०८२, सोमबार

प्रतिपक्ष दलको हैसियतले संसदमा सशक्त रुपमा प्रस्तुत हुने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दलको हैसियतले संसदमा सशक्त रुपमा प्रस्तुत हुने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको माओवादीको संसदीय दलको बैठकले विपक्षी सात दलसँग बिहानको बैठकमा भएको ५ बुँदे सहमतिका अनुसार संसदमा प्रस्तुत हुने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

उनले भने, ‘संघीय संसदको हिउदे अधिवेशन जसलाई विधेयक अधिवेशन पनि भनिन्छ यसलाई व्यवस्थित, थप प्रभावकारी कसरी बनाउने र हाम्रो दल प्रमुख प्रतिपक्षीदलको रुपमा रहेका जिम्मेवारीहरु छन्, एउटा आफ्नो दलको तर्फबाट सशक्त रुपमा जनताका आवाजहरु सदनमा उठाउने र अन्य विपक्षी दलहरुलाई पनि लिएर हाम्रा मध्य एकता हुनसक्ने विषयवस्तुमा सामुहिक रुपमा आवाज बुलन्द गर्ने यी जिम्मेवारीलाई व्यवस्थित गर्नको लागी बैठक सम्पन्न भएको छ ।’
सरकारले ल्याएको अध्यादेश लोकतन्त्रलाई सवलीकरण गर्नेगरी नआएको बैठकले निष्कर्ष निकालेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: publickhabar1234@gmail.com