०३ बैशाख २०८२, बुधबार

राम-सीताको विवाह सम्पन्न, आज जन्तीलाई ५६ व्यञ्जन खुवाइने

मंसिर, जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमीअन्तर्गत राम र जानकीको विवाह सम्पन्न भएको छ । शुक्रबार साँझदेखि जानकी मन्दिरमा मिथिलाको वैदिक परम्परा अनुसार राम र जानकीको विवाहको विधि रातर चलेको थियो । त्यसअघि हिजो मुख्यदिन ऐतिहासिक बाह्रविघा रंगभूमि मैदानमा राम र जानकीको डोला फेर गरी स्वयम्बर भएको थियो । दुवै डोला जनकपुरको परिक्रमा गरी जानकी मन्दिर पुगेपछि विवाहको काज सुरु भएको थियो ।मंसिर १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी महोत्सवको आज सातौंदिन रामकलेवा रहेको छ । आजको दिन जन्तीमा अयोध्याबाट आएका साधुशन्तलाई ५६ व्यञ्जन परिकार भोजन खुवाएर ससम्मान बिदाइ गरिने कार्यक्रम जानकी मन्दिर प्रांगणमा रहेको छ । जसलाई रामकलेवा भन्ने गरिन्छ ।

यसअघि पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर र छैटौं दिन विवाहको विधि सम्पन्न भइसकेको छ । आज रामकलेवाको कार्यक्रमसँगै महोत्सवको विधिवत् समापन हुनेछ ।विवाहपञ्चमीमा आएका श्रद्धालु विवाहको काम सम्पन्न भएपछि घर फर्किन थालेका छन् ।मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान राम र देवी सीताको विवाह सम्पन्न भएको स्मरणमा यो महोत्सव प्रत्येक वर्ष उल्लासपूर्वक मनाउने परम्परा रहेको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]