०५ बैशाख २०८२, शुक्रबार

मधेसमा यस वर्ष धान उत्पादन बढ्ने अनुमान

धनुषा – मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यस वर्ष प्रदेशमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेको छ । गएको आर्थिक वर्षमा १२ लाख ९६ हजार ६ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष उत्पादन बढ्ने मन्त्रालयको अनुमान छ ।समयमै पानी परेको, मल तथा बीउ सजिलो गरी उपलब्ध भएको तथा मौसमले साथ दिएकाले धान उत्पादन राम्रो भएको मन्त्रालयका कृषि प्रसार अधिकृत तथा प्रवक्ता रोशनकुमार मेहताले बताउनुभयो ।धानafली लगाइएको क्षेत्रफल तथा उत्पादन हुने अनुमानका आधारमा गएको वर्षको तुलनामा यस वर्ष प्रतिहेक्टर श”न्य दशमलव पाँच मेट्रिक टन धान बढी उत्पादन हुने मन्त्रालयको अनुमान छ । गएकाे वर्ष प्रतिहेक्टर तीन दशमलव ५० मेट्रिक टन धान उत्पादन भएको थियो ।

सप्तरीमा ६५ हजार दुई सय ८० हेक्टर जमिनमा दुई लाख ६१ हजार एक सय २० मेट्रिक टन र रौतहटमा ३७ हजार ६ सय २० हेक्टरमा एक लाख ५० हजार चार सय ८० मेट्रिक टन धान उत्पादन हुने मन्त्रालयको अनुमान छ ।पर्सामा ४६ हजार हेक्टरमा एक लाख ८४ हजार सात सय ४९ मेट्रिक टन, सर्लाहीमा ४५ हजार हेक्टरमा एक लाख ८२ हजार एक सय ६० मेट्रिक टन, धनुषामा ४१ हजार पाँच सय ६५ हेक्टरमा एक लाख ६६ हजार दुई सय ६० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।महोतरीमा ४१ हजार नौ सय ८२ हेक्टरमा एक लाख ६७ हजार सात सय ७० मेट्रिक टन, सिरहामा ५२ हजार तीन सय ८० हेक्टरमा दुई लाख नौ हजार पाँच सय २० मेट्रिक टन, बारामा ४५ हजार ९९ दशमलव पाँच हेक्टरमा एक लाख ८० हजार तीन सय ९८ दशमलव चार मेट्रिक टन धान उत्पादन भएको अनुमान गरिएको छ ।जनकपुरमा रहेकाे खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयले किसानसँग धान खरिद प्रक्रिया भइसकेको जनाएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]