०३ बैशाख २०८२, बुधबार

शाइन रेसुङ्गा रन फागुनमा हुने

काठमाडौं । शाइन रेसुङ्गा नेश्नल टेन के रन प्रतियोगिता फागुनको ११ गते आयोजना हुने भएको छ ।

शाइन रेसुङ्गा डेभलोपमेन्ट बैंकले शनिबार रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताबारे जानकारी गराएको हो ।

‘रन टू शाइन’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता रुपन्देहीको बुटवलमा आयोजना गरिनेछ । राष्ट्रिय स्तरका धावक सहभागी हुने प्रतियोगितामा महिला÷पुरुष खुल्ला, स्थानीय र ५० वर्षमाथि गरी तीन विधा समावेश गरिएको छ । प्रतियोगिताको पुरस्कार राशी ५ लाख रुपैयाँ रहेको छ ।

खुल्लातर्फको महिला÷पुरुष विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ । एथलेटिक्सको १० किलोमिटर विधामा राखिएको रकम नेपालकै सर्वाधिक पुरस्कार रकम समेत हो । खुल्लातर्फ दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार, चौथों हुनेले १५ हजार र पाँचौं हुने धावकले १० हजार रुपैयाँ प्राप्त गर्नेछ । स्थानीय र ५० वर्षमाथिको विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोंले २ हजार ५ सय रुपैयाँ सहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

इच्छुक सहभागीले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको वेबसाइटमा गएर निशुल्क नाम दर्ता गर्न सक्नेछन् । बुटवलस्थित बैंकको केन्द्रिय कार्यालयमा समेत भौतिक रुपमा फारम भरि नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

बुटवल कालिकानगरस्थित बैंकको केन्द्रिय कार्यालयबाट सुरु हुने दौड मणिग्राम चोकमा पुगेर पुन केन्द्रिय कार्यालय परिसरमै पुगेर समापन हुनेछ । राष्ट्रिय खेलकुद परिषद र नेपाल एथलेटिक्स संघको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगिताको अपरेसन र व्यवस्थापन कखरा इभेन्टले गर्नेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रकाश पौडेलले खेलकुदमार्फत समाज र राष्ट्रलाई योगदान पुर्याउने उद्धेश्य अनुरुप दौड प्रतियोगिताको आयोजना गर्न लागिएको बताए । ‘काठमाडौं बाहिर केन्द्रिय कार्यालय राखेर एकमात्र बैंकको सफल रुपमा सञ्चालन गर्दै आएकौ छौं । राष्ट्रिय स्तरको कार्यक्रममार्फत खेलकुद र समाजप्रति उत्तरदायित्व पुरा गर्ने अवसरको रुपमा यसलाई लिएका छौं ।’ पत्रकार सम्मेलनमा उनले भने । सिईओ पौडेलले कार्यक्रमलाई वार्षिक ईभेन्टको रुपमा अघि लैजाने योजना रहेको सुनाएका थिए ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]