०६ बैशाख २०८२, शनिबार

संसदीय समितिद्वार आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन

काठमाडौं । संसदीय समितिले शनिबार आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन गरेको छ । आज आइतबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको मन्त्री प्रदीप यादवको कार्यकक्षको अनुगमन गरेको हो ।

अनुगमन, निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै समिति सभापति दीपकबहादुर सिंहले आगलागीको बारेमा निरीक्षण गर्न समितिका सबै सदस्यहरू आएको र आगलागीबाट केही सम्पत्तिको क्षति भएको बताए ।

उनले भने, ‘आगलागी भएको स्थानमा निरीक्षण गर्न आएका हौँ । पूर्वाधार विकास समितिका सम्पूर्ण आउनुभएको छ । घटनाले जनको क्षति भएन, धनको क्षति भएको छ । डकुमेण्टहरुमा केहीपनि आगो लागेको छैन भनिएको छ ।’

साथै उनले यो घटनाले सिंहदरबारभित्रका कार्यालयहरुको वायरिङका कारण पहिलादेखि नै हाइअलर्टमा बस्नुपर्ने महशुस समितिले गरेको बताए ।

यसअघि आगलागीपश्चात् उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, ऊर्जा, खानेपानीमन्त्री प्रदीप यादव, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्का, तथा मन्त्रालयका उच्चपदस्थ कर्मचारी तथा सुरक्षा निकायका प्रमुखबाट घटनाको स्थलगत निरीक्षण गरी क्षतिबारे जानकारी लिने काम भएको थियो ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]