०३ बैशाख २०८२, बुधबार

मुलुकका हरेक समस्या ठिक ढंगले समाधान गर्नुपर्नेछ : डा.भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा.बाबुराम भट्टराईले नेपालमा रहेका हरेक समस्या ठिक ढंगले समाधान गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।

आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनमा बोल्दै उनले निरपेक्ष गरिबी, चापिय गरिबी, बेरजगारी, परनिर्भरता, आर्थिक समस्या नै नेपाली समाजको यतिबेलाको सबैभन्दा ठुलो समस्या भएको बताएका हुन् ।

उनले भने, ‘नेपालमा रहेका हरेक समस्या ठिक ढंगले गर्नुपर्ने आवश्यक्ता छ । निरपेक्ष गरिबी, चापिय गरिबी, बेरजगारी, परनिर्भरता, आर्थिक समस्या नै नेपाली समाजको यतिबेलाको सबैभन्दा ठुलो समस्या हो । सबैको घरमा थाहा छ एक न एक जना विदेशिन बाध्य छन् । अब यसलाई कसरी समाधान गर्ने सोच्ने समय आएको छ ।

त्यस्तै उनले अहिले ‘तीनवटा टाउका’हरूले पालैपालो गरेर देशलाई खाइरहेको पनि आरोप लगाए ।

‘मन्त्री र प्रधानमन्त्री बन्न राजनीतिमा आएको होइन’

यसैगरी जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले तत्काल प्रधानमन्त्री, मन्त्री बन्नका लागि आफूहरू राजनीतिमा नलागेको बताए ।

उनले नयाँ पार्टी खोलेको केही समयमै नतिजा खोज्नु गलत रहेको बताउँदै नागरिकले तत्काल नतिजा खोज्ने गरेको भएपनि त्यसका लागि धैर्यता राख्नुपर्ने जिकिर गरे ।

उनले भने, ‘राजनीति गरेको, नयाँ पार्टी खोलेको, नयाँ पार्टी स्थापना गरेको एक वर्ष, दुई वर्ष हुन पाएको हुँदैन । प्रथम महाधिवेशन बल्ल हुँदैछ, हामी के आशा गर्छौं भने यसले तुरुन्तै देशलाई निकास चाहियो । काम नै गर्न सकेन् भन्ने बुझाइछ । खोई प्रधानमन्त्री बनाउन सकेको, खोई संसद्लाई नियन्त्रण गर्न सकेको, खोई कानुन बनाउन सकेको ? भन्ने प्रश्नहरु आउने गर्छन् । यसका लागि धैर्यता राख्नु आवश्यक छ । जुनसुकै नयाँ पार्टीले धैर्यता राख्नुपर्छ, नेतृत्व वर्गमा पनि धैर्यता चाहिन्छ, हामी तुरुन्तै प्रधानमन्त्री, मन्त्री बन्नका लागि आएका होइन, हामीले विचार स्थापित गरेर देशलाई निकास दिन आएका हौँ । त्यसमा समय लाग्छ । त्यो यत्तिकै रातारात हुनेकुरा होइन ।’

सत्तासँग कुरा नमिल्दा अध्यक्ष पद नै गयो ः रेशम चौधरी

यसैगरी नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरीले पार्टीले भव्यरुपमा महाधिवेशन गरेपनि स्वीकृत नभएकोमा असन्तुष्टि जनाएका छन् ।

उद्घाटन सत्रमा बोल्दै उनले सत्तासँग कुरा नमिल्दा आफ्नो अध्यक्ष पद नै गएको स्मरण गरे । नेसपाको महाधिवेशन पनि त्यस्तै हुनसक्ने उनले उनले बाबुराम भट्टराईलाई सचेत गराएका छन् ।

उनले भने, ‘महाधिवेशन गर्नेको पनि स्वीकृत नगर्ने चलन छ । एक लाख ३९ हजार जनालाई भात खुवायौँ टीकापुरमा । नाउपाले महाधिवेशन ग¥यो । एक एक मिनेट गर्दा पनि रातिको १० बज्यो । पाँच–पाँच जना सांसद लिएर निर्वाचन आयोगमा अद्यावधिका लागि पुग्यौं’, उनले भने, ‘आयोगका पदाधिकारीसँग कति समय लाग्छ भनेर सोध्यौँ । उहाँले पाँच महिना लाग्छ भन्यो । सत्तासँग कुरा मिलेन । चिल गाडीबाट ओर्लिदा नओर्लिदै मेरो अध्यक्ष पद त गइसकेछ छन् ।’

डा.भट्टराई
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]