११ बैशाख २०८२, बिहिबार

७५० लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट

बारा । बारा प्रहरीले ७५० लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले बिभिन्न सवारी साधनहरू रोकि चेक जाँच गर्ने क्रममा घरेलु मदिरा बरामद गरेको हो ।

हेटौंडाबाट वीरगंज तर्फ आउँदै गरेको बिभिन्न सवारी साधनहरू रोकि चेक जाँच गर्दा लुकाई छिपाई राखेको २५ पोका र ५ ओटा जर्किनको घरेलु मदिरा बारामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले बताए । उनका अनुसार प्रहरी टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. २१ अमलेखगंज चोक बिभिन्न सवारी साधनहरू रोकि चेक जाँच गर्दा घरेलु मदिरा भएको हो । बरामद गरिएका मदिरा तथा कच्चा पदार्थ स्थानिय भद्रभलादमीको रोहवरमा नष्ट गरीएको उनले जानकारी दिए ।

जिल्लाभर रहेका अस्थाई प्रहरी चौकी, प्रहरी चौकी र ईलाका प्रहरी कार्यालयबाट खटिएर प्रहरीले अवैध घरेलु मदिरा बरामद गर्ने गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
घरेलु मदिराले समाजमा विकृति र आपराधिक घटना निम्त्याउन थालेपछि नियन्त्रणमा कडाइ गरिएको प्रहरीको भनाई छ । गैरकानूनीरूपमा घरेलु मदिरा उत्पादन र बिक्री वितरण नगर्न बारा प्रहरीले अनुरोध गर्दै आएको छ ।

घरेलु मदिरा बरामद
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]