०३ बैशाख २०८२, बुधबार

गाउँ ब्लक जग्गाको समस्या समाधानको माग गर्दै लहानमा मसाल जुलुस प्रदर्शन

सिरहा । सिरहाको लहानमा गाउँ ब्लकजग्गाको समस्या समाधान गर्न माग गर्दै स्थानीयहरुले मसाल जुलुस प्रदर्शन गरेका छन् ।

आइतबार साँझ सैयौँको सहभागीमा दुर्गा मन्दिरबाट निकालिएको मसाल जुलुस मालपोत कार्यालय अगाडि कोणसभामा परिणत भएको छ ।

उनीहरुले गाउँ ब्लक जग्गाको नापी, लालपुर्जा वितरण र अध्यावधिक गर्न माग गरेका छन् ।

संघर्ष समितिका संयोजक अरुण केसीका अनुसार लहानका २४ वटै वडामा यो समस्या छ । समस्याले गर्दा हजारौं नगरवासीहरु ५० वर्ष भन्दा पहिलेदेखि पीडामा परेको उनको भनाइ छ ।

यहाँ वर्षौंदेखि बसोबास गरेका स्थानीयहरुको केही जग्गा गाउँ ब्लकमा छ । जसमा घरहरु छ । केहीलाई निस्सा वितरण गरिएको छ । लालपुर्जा पनि दिएको छ तर, अध्यावधिक नहुँदा किनबेच र बैंक राखेर आफ्नो काम गर्न पाएको छैन,’संयोजक केसीले भने,सबै समस्या समाधान नभए सम्म हामी आन्दोलन रोक्दैनौँ । करिब ७ हजार बढीको जग्गा पनि नापी नभएको उनले सुनाए ।

मालपोत र नापी कार्यालयको ढिलासुस्तीले गर्दा अहिले सम्म यो समाधान हुन नसकेको कांग्रेस लहान नगर सभापति संजय यादवको भनाइ छ । हामी सबै पार्टीका राजनीति दलले जनताको जग्गाको समस्या समाधानका लागि आन्दोलनलाई समर्थन गरेको उनले बताए ।

मेरो वडाको केही मानिसहरुको गाउँ ब्लक जग्गामा घर हुदाँ उहाँहरु पीडामा देखेर आफुपनि आन्दोलनमा समर्थन गरेको लहान–६ का वडा अध्यक्ष रमेश गौतले बताए ।

गाउँ ब्लक जग्गा फुकुवा नहुदाँ नगरवासी समस्या छ । हामीले पटक पटक पहल गर्दा पनि दुर्त गतिमा काम नभएर समाधान हुन पाएको छैन,लहान नगरपालिकाका नगरप्रमुख महेश चौधरीले भने,झनगरबाट हुने सबै कामका लागि सहयोग गर्न तयार छौँ । मालपोत र नापी कार्यालयले यसमा ध्यान पुगाउनुपर्छ । यो समस्या समाधान गर्न सबै पक्ष लाग्नुपर्ने उनको भनाइ छ ।

गाउँ ब्लक जग्गाको समस्या
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]