०३ बैशाख २०८२, बुधबार

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गलत कामलाई सधैं गलत नै भन्नुपर्ने बताएका छन् ।सोमबार आयोजित ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै नेता कोइरालाले एमालेले गरेका गलत कामहरुलाई कांग्रेसले जनतामा लैजानुपर्ने बताएका हुन् ।उनले भने, ‘दुई ठूला दल एक ठाउँमा उभिएपछि निरंकुशता हुनसक्छ भन्ने मान्यता विश्वमै छ । त्यो नै सबैभन्दा खतरनाक हो भन्ने लाग्छ । त्यो नहोस् भन्नका लागि सभापतिजीलाई धेरैपटक भनिसकेँ । पब्लिक्ली पनि भनिसकेँ । सरकारमा नेपाली

कांग्रेसका मन्त्रीहरु जो हुनुहुन्छ, उहाँहरु सहमतिय हिसाबले जानुपर्छ । हाम्रा मन्त्रीजीले त्यो कुरा बुझ्नु भएको छैन । सभापतिजीलाई पनि पटक–पटक मैंले कुरा गर्दा उहाँ भन्नुहुन्छ– किन भन्ने ? एमालेलाई वा ओलीजीलाई केही पनि नभन्ने भन्नुहुन्छ । तर त्यसरी हुँदैन । गलत छ भने गलत भन्न सक्नुपर्छ । जुन दिन गलत कुरालाई गलत भन्न सक्दैनौं, त्यो दिन नेपाली कांग्रेस समाप्त हुन्छ ।’साथै उनले एमाले कांग्रेसको प्रतिस्पर्धी पार्टी भएको भुल्न नहुने पार्टी पंक्तिलाई सुझाव पनि दिए । उनले यस्तै

भोलि सत्ता बाहिर हुँदा एमाले नै प्रतिस्पर्धी हुने भएकाले सरकारले गरेका गलत काम कारबाहीबारे जनतालाई कांग्रेसले जानकारी दिनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘तर जो हामी (सरकार) बाहिर छौं, भोलि हाम्रो प्रतिस्पर्धी को हुन्छ ? भन्दा एमाले हुन्छ भनेर सबैले भन्नुपर्छ । एमालेसँग प्रतिस्पर्धा गर्दैछौं । सरकारमा पनि एमाले छ । त्यसैले एमालेले र यो सरकारले गरेका गलत कामहरुलाई पब्लिकमा लैजानुपर्छ । यो गर्न सकेनौं भने कमजोर हुन्छौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]