०३ बैशाख २०८२, बुधबार

सरकारले संसदमा दुई तिहाइको धाक देखायो ः पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकार मनपरी गर्न थालेको बताएका छन् । उनले सरकार पक्षले जति मन लाग्यो त्यतीबेला र जसरी चाहे त्यसरी नै पेलेर अघि बढ्न खोजेको आरोप लगाए ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेको प्रमुख सचेतकले बोलेको कुरामा नियमापत्ति गर्दै उनले सरकारले दुई तिहाइको धाक दिएको आरोप लगाए ।

उनले भने, ‘सरकार पक्षको यो पेलाई कस्तो हो । सदन सञ्चालन प्रक्रियाको संसदीय नियमावली छ । सोही नियम अनुसार आकस्मिक सुन्ने र विशेष समय उपलब्ध गराउने जिम्मेवारी सभामुखज्यूको नै हो । तर सरकार पक्षले जतिबेला चाहे त्यतीबेला जसरी चाहे त्यसरी पेलान गर्न पाइन्छ । र यो प्रक्रियामा नियमापत्ति गर्दै गर्दा विषयवस्तुमा नियमापत्ति गर्नुपर्ने हो की भाषण सुनाउने हो ? विपक्षीहरुलाई सरकारले दुई तिहाईको धाक दिने काम गर्यो ।’

यसको साथै, उनले नियमापत्तिको लागि दफा २६ हुँदाहुँदै दफा १२ बारे भाषण दिएको भन्दै यो प्रक्रिया सभामुखलाई सरकारले सिकाउने हो की सभामुखले आफ्नो स्वविवेक प्रयोग गर्नुपर्ने हो भन्दै प्रश्न गरेका छन् ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]