०६ बैशाख २०८२, शनिबार

चलचित्र क्षेत्रमा महिलाहरु बढी पीडित हुनुपरेको गुनासो

काठमाडौं । बरिष्ठ कलाकार बसुन्धरा भुसालले चलचित्र क्षेत्रमा महिलाहरु बढी पीडित हुनुपरेको बताएकी छिन् ।

मंगलबार काठमाडौंमा ‘चलचित्रमा महिला’ बिषयको प्यानल छलफलमा बोल्दै उनले हिरोको तुलनामा हिरोइनहरुलाई समस्या भइरहेको बताएकी हुन् ।

उनले भनिन्, ‘महिला बहिनीहरुलाई एकदमै समस्या छ । हिरोको तुलनामा हिरोइनहरुलाई त्यति पैसा छैन । महिलाहरुलाई वास्तवमा गाह्रो छ । हलिउड, बलिउडमा नि त्यस्तै छ । महिला र पुरुषमा भिन्नता देखाउनुहुन्न । धेरै चलचित्रहरु पुरुष चलचित्र बन्छन तर त्यसो हुनुहुन्न । किनकी पुरुषहरुलाई जन्माउने हामी नारी हौ नी । नारीहरुले संवेदनात्मक रुपमा पुरुषको भन्दा बढी दर्शक आकर्षण गर्छन् । सामाजिक चलचित्र बढी चलेका छन् ।’

उनले युवा वर्ग र महिलाहरु चलचित्र क्षेत्रमा आउन आग्रह गरेकी छिन् । उनले महिलाहरु हरेक क्षेत्रमा आउनुपर्ने भन्दै विशेसगरी चलचित्रको प्राविधिक क्षेत्रमा महिला क्यामेरा, सम्पादक कम भएको बताइन् ।

यस्तै, उक्त कार्यक्रममा बोल्दै कोरियोग्राफर, निर्देशक तथा निर्माता रेनशा बान्तवाले महिलाहरुले आफ्नो कमजोरी आफै प्रदर्शन गर्ने गरेको बताइन् ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]