०६ बैशाख २०८२, शनिबार

पर्वतको ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई युवा पक्राउ

पोखरा । पर्वतको ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ ।कुश्मा नगरपालिका वडा नं १४ बगाल थोकस्थित ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई जना युवालाई प्रहरीले पक्राउ

गरेको हो ।कुश्मा १४ बगालथोकका २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेललाई उक्त सामुदायिक वनमा आगो लगाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।पक्राउ परेका दुवै जनालाई आवश्यक कानूनी

कारवाहीका लागि डिभिजन वन कार्यालय पर्वत पठाईएको प्रहरीले जनाएको छ ।यसैबीच कसैले वन जंगलमा आगलागी गराएको थाहा पाएमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा वा पैसा नलाग्ने फोन १०० मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

सामुदायिक वनमा आगो लगाएको आरोपमा
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]