१६ बैशाख २०८२, मंगलबार

घर निर्माणका लागि ‘अञ्जिला’ बेलायत प्रिमियर हुँदै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल समूहकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको घर निर्माण गर्ने उदेश्यले चलचित्र ‘अञ्जिला’को बेलायतमा विशेष प्रदर्शन हुने भएको छ ।निर्माण कम्पनिले चलचित्रको श्रव्यदृश्य (टिजर) सार्वजनिक गर्दै कप्तान सुब्बाकै जीवनीमा आधारित उक्त चलचित्रको आउँदो फागुन ३ गते लन्डनस्थित अल्डरसटमा रहेको एम्पायर चलचित्र भवनमा प्रदर्शनी जानकारी दिएको छ ।चलचित्रका निर्देशक मिलन चाम्सले चलचित्रमा कप्तान सुब्बाको जीवन सङ्घर्ष र सफलतालाई चलचित्रमा समेटिएको जानकारी दिए ।

उनले भने,‘कप्तान सुब्बा आफैँले अभिनय गर्नुभएको कारण यो उहाँका शुभचिन्तकका लागि खास छ । विशेष प्रदर्शनीमार्फत उठेका रकमलाई कप्तान सुब्बाकै घर निर्माणमा खर्चिने छौँ । हामी माध्यममात्र बनेका हौँ, सङ्कलित रकम सुब्बाकै मातहतमा सिधै पुग्ने गरेको छ ।’उनले ‘अञ्जिलाको आफ्नै घर’ अभियान अन्तर्गत मङ्सिरमा हङकङमा विशेष प्रदर्शनी भईसकेको जानकारी दिनुभयो । आउँदो फागुन २९ देखि नेपाल प्रदर्शन तय गरिएको चलचित्र त्यसअघि अन्य केही देशमा पनि विशेष प्रदर्शनी हुने निर्माण पक्षले बताएका छन् ।

कप्तान सुब्बाको धर्म पिताको रुपमा परिचित प्रेमकुमार श्रेष्ठले चलचित्रको निर्माण गरेका हुन् । बेलायत प्रदर्शनीका लागि लन्डन पुगेका निर्माता श्रेष्ठले विशेष प्रदर्शनीबाट सङ्कलित रकममा अपुग आफूले थपेर घर निर्माण गर्ने बताए । ‘कप्तान सुब्बाका लागि विभिन्न देशहरूबाट देखाउनुभएको हार्दिकता स्वागत योग्य छ । नेपाल अगाडि नै दक्षिण कोरियामा समेत विशेष प्रदर्शनी हुँदैछ, यहाँ बेलायतमा राम्रो तयारी भइरहेको छ । कप्तान सुब्बाका लागि हामीले देखेको सपना छिटै पुरा हुनेमा विश्वत छौँ,’ निर्माता

श्रेष्ठले भने । नेपालमा खेलकुदमा जीवन समर्पण गरेकाको कथालाई चलचित्रसम्म ल्याउन प्रेरणा दिने भएकाले आफूले कप्तान सुब्बाको जीवनीमा चलचित्र निर्माण गरेको उनले बताए । चलचित्रमा कप्तान सुब्बासँगै सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

राष्ट्रिय महिला फुटबल समूहकी कप्तान तथा
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: publickhabar1234@gmail.com