०३ बैशाख २०८२, बुधबार

मेलम्ची आयोजनाको नाममा वर्षौदेखि झुक्याउने काम भयो : सांसद कार्की

काठमाडौं । बुधबार बबरमहलमा मेलम्ची खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेर जनधनको क्षति भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले आपत्ति प्रकट गरेकी छिन् ।

सांसद कार्कीले मेलम्ची खानेपानी आयोजनाको नाममा वर्षौदेखि आम जनतालाई ठग्ने काम भइरहेको भन्दै आपत्ति जनाएका हुन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले बुधबार बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुटेर बाढी नै आएको प्रसंगलाई जोड्दै गुणस्तरीयहीन काम गर्दाको नजिताका रुपमा पाइप फुटेको बताइन् ।

उनले भनिन्,‘मेलम्ची खानेपानी आयोजना भनेर वर्षौदेखि आज जनतालाई झुक्याइएको अवस्था छ । अर्बौ खर्च भइसकेको छ । अझै प्रोजेक्ट पूर्ण हुनलाई त्यहाँ अर्बौं लाग्छ रे । यही एउटा मेलम्ची देखाएर जनतालाई काकाकुल बनाए झुक्याएर ठगेर बसेको अवस्था छ,’ उनले अगाडि भनिन्,‘निर्माण सम्पन्न भइसकेको भनिएको पाइप विस्तारको काममा पनि फुटेर सडक नै भत्किएर बाढी जाने अवस्था आइसकेको छ ।जिम्मेवार निकायहरु थप जिम्मेवार हुनुपर्यो, त्यसमा गृहकार्य गर्नुपर्यो । यसमा गुणस्तरको काम नै भएन, के कत्तिको पानी फ्‌लो त्यसले थाम्न सक्छ, यस्तो कुरामा राम्रो अध्ययन हुनुपर्छ ।’

पाइप फुटेपछि पानी बगेर बबरमहल क्षेत्र जलमग्न भएको थियो । बबरमहलमा रहेको खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको र विषेश अदालतसहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सरसफाइइसँगै मर्मत सुरु गरिसकेको छ ।

सांसद कार्की
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]