०६ बैशाख २०८२, शनिबार

पर्सामा सुरु भयो रवि र छविको बयान

काठमाडौं । सरकारी वकिल कार्यालय पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बयान लिन सुरु गरिएको छ । पर्साको सानोपाइला सहकारीको रकम अपचलनका विषयमा लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशीको बयान लिन सुरु गरिएको हो ।मंगलबार बिहानैदेखि उनीहरूसँग बयान लिइँदै छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई सोमबार (हिजो) काठमाडौं हुँदै विमानमार्फत बाराको सिमरा र त्यहाँबाट गाडीमा पर्सा लगिएको थियो । जोशीलाई भने सडकमार्ग हुँदै पर्सा पुर्‍याइएको थियो ।सानोपाइला सहकारीको रकम अपचलन आरोपमा लामिछानेसहित १४ जनाविरुद्ध यही मंसिर १९ गते पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । सानोपाइला सहकारीको करिब ९२ करोड रुपैयाँ अपचलन भएको खुलेको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]