०६ बैशाख २०८२, शनिबार

बजेट अभावका कारण रोकियो मकवानपुर गोल्डकप

हेटौंडा । सातौँ संस्करणको स्थानीय तह

। अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य तथा जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टीका लामाले तत्काल यो वर्ष प्रतियोगिता नहुने सम्भावना रहेको बताए । चैत १६ गतेदेखि नेपाल सुपर लिग एनएसएल लिगको तेस्रो संस्करण फुटबल प्रतियोगिता हुनेहुँदा गोल्डकप तत्काल हुन नसक्ने अवस्था रहेको अध्यक्ष लामाले जानकारी दिए ।

बागमती प्रदेश सरकारको युवा तथा खेलकुद विकास मन्त्रालय र मकवानपुर जिल्लाको दशैँवटा स्थानीय तहले गत वर्षको बजेट पनि निकासा नगरिदिएका कारणले गोलकप गराउन नसकेको अध्यक्ष लामाले बताए । उनले भने,‘गोल्डकप आयोजना गर्न सकेनौं । किनभने प्रदेश सरकार र स्थानीय तहले अनुरोध गरेअनुसार बजेट निकासा गरेनन् । त्यसैले यो वर्ष प्रतियोगिता आयोजना गर्न सकेनौं ।’अध्यक्ष लामाले प्रतियोगिता आयोजना गर्दा घाटा हुन थालेपछि यस वर्ष मकवानपुर गोल्डकप स्थगित गरेको र मकवानपुर जिल्ला लिगलाई प्राथमिकता दिएको बताए ।

शहीद स्मृति मकवानपुर गोल्डकप २०८१ नहुने भएको छ
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]