०३ बैशाख २०८२, बुधबार

ठाडो उजुरी अब प्रहरीले नै लेखिदिने

रौतहट । ईलाका प्रहरी कार्यालय गरूडामा नागरिक सहायता कक्ष संचालन गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी कार्यलय परिसरमा नै नागरिक सहायता कक्ष संचालनमा ल्याइएको हो । नागरिक सहायता कक्षबाट प्रहरीले सेवा प्रवाहको गुनासो , उजुरी वा निवेदन लगायतका सेवा पाउने ईलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डिएसपी राजन कार्कीले बताए । उनका अनुसार घरायसी तथा सामान्य बादविवाद वा अन्य ठाडो उजुरी अब प्रहरीले नै लेखिदिने छ ।

यसअघि बाहिरबाट सानो ठाडो उजुरी लेखाएर ल्याउदा ५ सय रुपैयाँ सेवाग्राहिले तिर्नु पर्ने बाध्यता रहेको थियो । यसबाट असहाय, गरिब र अशिक्षित नागरिकहरु बढी लाभवन्नित हुने उनले बताए । जिल्ला प्रहरी कार्यलय रौतहटका एसपी दिलिप घिमिरेले निर्देशन दिएपछि प्रहरीले विना शुल्क निवेदन लेख्न सुविधा मिलाएको हो । यस अघि जिल्ला प्रहरी कार्यलय रौतहट,ईलाका प्रहरी कार्यालय चन्द्रपुर र हालै ईलाका प्रहरी कार्यालय गरूडाले यो सेवा सुरु गरेको छ । नागरिक सहायता कक्षमा आम नागरिकले आफ्नो गुनासो वा समस्य समेत टिपाउन सक्ने जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गरूडामा नागरिक
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]