०३ बैशाख २०८२, बुधबार

प्रजातन्त्र दिवस : मधेश प्रदेशले छिन्नमस्ता भगवती मन्दिरमा दिप प्रज्जवलन गर्दै

काठमाडौं । मधेश प्रदेश सरकारले प्रजातन्त्र दिवस विभिन्न कार्याक्रम गरी मनाउने भएको छ ।

नेपाल न्यूज बैंकसंगको विशेष कुराकानीमा मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले प्रदेश सरकारले प्रजातन्त्र दिवसमा विभिन्न कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए ।

उनले फागुन ७ गते देश र संविधानको अवस्था, प्रजातन्त्र आएदेखिको उपलब्धिको विषयमा सरोकारवलाहरुसंग अन्तरक्रिया कार्यक्रम गर्नुका साथै सप्तरीको एतिहासिक छिन्नमस्ता भगवती मन्दिरमा ११००० दिप प्रज्जवलन गर्ने बताए ।

मन्त्री लेखीले प्रजातन्त्र सेनानीहरुको सम्मान प्रदेश सरकारले मात्रै नभएर सम्पूर्ण नेपालीले गर्नु पर्ने धारणा व्यक्त गरे । उनले प्रजातन्त्रको उपलब्धिले आज नेपाली जनताले खुलेर बाँच्न सक्ने अधिकार पाएको भन्दै प्रदेश सरकारले आगामी दिनमा प्रजातन्त्र दिवस अझ भव्य रुपमा मनाउने र प्रजातन्त्र सेनानी र उनका परिवारजनका लागि विशेष व्यवस्था गर्ने जानकारी दिए ।

मधेश प्रदेश सरकारले प्रत्येक वर्ष सहिद दिवस, बलिदानी दिवस, प्रजातन्त्र दिवस आदि धुमधामका साथ मनाउँदै आएको छ । सो क्रममा भोली फागुन ७ गत्ते प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारले दिप प्रज्जलन तथा अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।

प्रजातन्त्र दिवस मधेश प्रदेश
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]