११ बैशाख २०८२, बिहिबार

कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ का परीक्षार्थीहरूको लागि पुराना आंशिक र ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । आगामी २०८२ वैशाख २६ गतेदेखि हुने परीक्षामा साधारणतर्फ र प्राविधिकतर्फका परीक्षार्थीहरूको परीक्षा तालिका प्रकाशित गरिएको हो ।

परीक्षा नियन्त्रण कार्यालयले साधारणतर्फ रजिष्ट्रेशन नम्बरमा सुरुका दुई अंक ५६ देखि ७७ हुने र प्राविधिकतर्फ सुरुका दुई अंक ७३ देखि ७८ हुने परीक्षार्थीहरुको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

यो तालिका अनुसार साधारणतर्फ पुराना आंशिक तथा ग्रेडवृद्ध र प्राविधिकतर्फ आंशिकको परीक्षा हुन लागेको हो ।वार्षिक परीक्षा आगामी बैशाख २६ गतेदेखि सुरु भएर जेठ १६ गते सकिने छ । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]