०६ बैशाख २०८२, शनिबार

सीमा नाकामा स्थानीयको अनशन : ‘रोटीबेटी’को सम्बन्ध प्रभावित नगर्न सुझाव

रौतहट । रौतहटको रामपुरखाप नाकामा सवारीसाधन आवतजवातमा समस्या भएको भन्दै स्थानीयले आमरण अनसन थालेका छन् ।

नेपाल भारत सीमा नाकाबाट निर्वाध रुपमा चार पाँग्रे सवारीसाधन आवतजावत गर्न पाउनुपर्ने र भन्सार कार्यालय स्थापना हुनुपर्ने माग राख्दै विहीबार दोस्रो दिन पनि निरन्तरता दिएका हुन् ।

परोहा नगरपालिका वडा नम्वर ९ स्थित नेपाल भारत सीमावर्ती क्षेत्र भन्दा ५० मिटर नेपाली सिमा क्षेत्रमा तीनजना स्थानीयले आमरण अनसनमा बसेका छन् ।

स्थानीय साहेब साह, जगतलाल यादव र मोहम्मद तजमुल हकले आमरण अनसनमा बसेको जनमत पार्टीका जिल्ला इन्चार्ज सेख जमसैदले बताए । उनका अनुसार नेपाल भारतको सम्बन्ध सदियौदेखिको भएकाले सीमा नाकाबाट निर्वाध रुपमा चार पाँग्रे सवारी साधन आवतजावत गर्न पाउनु पर्दछ । यसमा नेपाल सरकार र भारतीय पक्ष गम्भीर हुनुपर्ने उनको भनाइ छ । आफूहरुको जायज मागलाई सरकारले ध्यान दिनुपर्ने उनको जोड छ ।

भारत नेपालबिच सदियौंदेखि चल्दै आएको रोटीबेटीको सम्बन्धलाई प्रभावित पार्ने कार्य कसैबाट सह्य नहुने उनले चेतावनी दिए । आमरण अनसनमा बसेका तीनै जनालाई सयौं स्थानीय बासिन्दाहरुले साथ दिइरहेका छन् ।

भारतसँग जोडिएका रौतहटको इशनाथ नगरपालिका वडा नम्वर १, २ र ४ तथा परोहा नगरपालिकाको वडा नम्वर ९ सहितका सीमानाकाहरुबाट निर्वाध रुपमा गइरहेका चार पाँग्रे सवारी साधनलाई आवत–जावतमा रोक लगाएपछि त्यस भेगका बासिन्दाहरु आन्दोलित भएका हुन् ।

यसअघि जिल्ला प्रशासन कार्यालय र भन्सार कार्यालयमा ज्ञापन पत्र बुझाएपछि चाँडै समस्या समाधान गर्ने आश्वासन मात्र भएको उनीहरुको गुनासो छ ।

अनशन
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]