०३ बैशाख २०८२, बुधबार

जनकपुरको एक सुधार केन्द्रमा युवकको मृत्यु

जनकपुर । जनकपुरधामस्थित किशोरी फाउन्डेसनको सुधार केन्द्रमा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–१० डुमरियाका २० वर्षीय राजकुमार यादव रहेका छन् । दुई महिनादेखि सुधार केन्द्रमा बस्दै आएका यादवको बुधबार साँझ निधन भएको हो ।

लागुपदार्थ दुव्र्यसनीमा संलग्न राजकुमारलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार बिहान जनकपुरधामकै एक निजी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा राजकुमारको अवस्था सामान्य भएपछि डिस्चार्ज गरेको थियो । साँझ फेरि समस्या भएपछि सुधार केन्द्रले राजकुमारलाई प्रादेशिक अस्पताल लैजाँदा उनको मृत्यु भइसेको प्रादेशिक अस्पतालका आकस्मिक कक्षका इन्चार्ज शरद यादवले जानकारी दिए ।

मृतक राजकुमारको परिवारजनले सुधार केन्द्रमा अत्यधिक औषधि खुवाइएकै कारण मृत्यु भएको आरोप लगाएका छन् ।

यता धनुषा प्रहरीले पोस्टमार्टम रिर्पोट आएपछि मात्र केही भन्न सकिने प्रतिक्रिया दिएको छ । धनुषा प्रहरीका अनुसार राजकुमारको पोस्टमार्टम बिहीबार भइसकेको छ भने रिपोर्ट आउन बाँकी रहेको छ ।

सुधार केन्द्रमा युवकको मृत्यु
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]