१४ बैशाख २०८२, आइतबार

दुर्घटनामाग्रस्थ कारबाट गाँजा बरामद, प्रहरीको सेटिङ्गमा तस्कर फरार

सिरहा- सिरहामा दुर्घटनामा परेको कारबाट १३० किलो गाँजा बरामद भएको छ ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको धनगढीमाई नगपालिका १० जिरोमाईलमा दुर्घटनामा परेका कारबाट १ सय ३० किलो गाँजा बरामद भएको हो । पूर्वबाट पश्चिमतर्फ गईरहेको ना ३ ख ७५९१ नम्वरको ट्रकमा उत्तर तर्फको सहायक सडकबाट आईरहेको बा २८ च ९९६३ नम्वरको कार आपसमा ठोकिएर दुर्घटना भएको कारमा सो परिणामको गाँजा फेला परेपनि प्रहरीले आर्थिक बार्गेनिङ गरि गाँजा तस्करलाई भगाइदिएको स्थानीयहरुको आरोप छ । स्थानीयका अनुसार दुर्घटना भएलगत्तै कार चालकले कारको नम्बर प्लेट र गाँजा निकालेर ट्याक्सीमा चढेर भाग्न खोजेका थिए । तर स्थानीयहरु भेला भएपछि उनी सबै छाडेर फरार भएका थिए ।प्रहरीले ट्रक र कार नियन्त्रणमा लिएको भएपनि त्यसमा रहेका मानिसहरुका बारेमा केही बताउन चाहेनन् । एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको भनिए पनि उनी ट्रकका चालक हुन या कारका भन्ने खुलेको छैन ।

यता जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी बीरेन्द्र कुमार पासवानले दुर्घटनामा परेको कारमा गाँजा बरामद गरीएको भए पनि सवै विवरण आउन बाकी रहेको बताए । उनले भने, ‘घटना स्थलमा मातहतका प्रहरीले काम गरिरहेको छ । सवै विवरणहरु आईपुगेको छैन । विवरण आईपुग्ने वितिकै तपाईहरुलाई जानकारी भईहाल्छ´ भन्दै पन्छिएका छन् ।भारतको बिहारमा मदिरा बन्द गर्नुको कारण भारतीय बजारमा गाँजाको माग बढेकोले नेपालबाट प्रतिबन्धित लागुऔषध गाँजा प्रहरीकै मिलोमतोमा व्यापक तस्करी भइरहेको स्थानीयहरुको भनाइ छ ।धनगढीको उत्तरीक्षेत्रमा गाजाँ सङ्कलन गरी जिरोमाईल बडियारपट्टी हुँदै भारतीय बजारसम्म जाने गरेको स्थानीयहरु बताउँछन् । प्रहरीकै मिलेमत्तोमा यसक्षेत्रबाट गाँजा तस्करी हुने गरेको स्थानीहरुको आरोप छ ।कारमा रहेको पाँचवटा कालो प्लाष्टिकमा गाँजा रहेको प्रहरीले पुष्टि गरेको छ । ती पोकाहरुमा २१, २८, २६, २७ र २८ केजी गरी जम्मा १ सय ३० केजी गाँजा रहेको प्रहरीले जनाएको छ ।अहिलेको घटनामा पनि प्रहरीले ढाकछोप गर्ने प्रयास गरेको स्थानीयले आरोप लगाएका छन् ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: publickhabar1234@gmail.com