०६ बैशाख २०८२, शनिबार

अवैध लागू औषधसहित नवलपरासीका तीन जना युवा पक्राउ

पोखरा । पोखराको एक कृषि फर्ममा पार्किङ गरिराखिएको बोलेरो जिपबाट ठुलो मात्रामा अवैध लागू औषधसहित तीन जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नं.१४ खाल्टे मसिनास्थित मंगलम कृषि फर्म प्रा.लि.को कम्पाउण्ड भित्र पार्किङ गरिराखेको लु २ च १५०९ नं. को बोलेरो जिपबाट ठुलो मात्रामा अवैध लागू औषधसहित तीन जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्की, लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलिले उक्त बोलेरो जीपबाट ठुलो मात्रामा अवैध लागू औषधसहित तीन जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पक्राउ परेका अभियुक्तहरुमा उक्त जिपका चालक नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ का ३७ वर्षीय राजेश सैथवार, सोही जिपमा सवार नवलपरासीकै रामग्राम नगरपालिका वडा नं.१२ बस्ने बर्ष २८ को संसद अन्सारी र नवलपरासीको सरावल गाउँपालिका वडा नं. २ बस्ने २४ वर्षीय प्रेम सागर यादव रहेको प्रहरीले बताएको छ ।

उनीहरुको साथबाट अवैध लागू औषध डाईजेपाम– दुईसय ६४ एम्पुल, बुर्फिननुर्फिन– दुईसय ६३ एम्पुल र फेनारगन– दुईसय ६५ एम्पुल गरी जम्मा साथ् सय ९२ एम्पुल लागू औषध, पांच थान मोबाईल पनि बरामद भएको प्रहरीले दाबी गरेको छ ।

उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]