०३ बैशाख २०८२, बुधबार

नेकपा माओवादी केन्द्रद्वारा हुलाकी राजमार्ग जनजागरण अभियान तयारी बैठक सम्पन्न

जनकपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव तथा मधेस प्रदेशका इन्चार्ज मातृकाप्रसाद यादवले हुलाकी राजमार्ग जनजागरण अभियानको तयारीका लागि सप्तरीको राजविराजमा पार्टीका नेताकार्यकर्ताहरूसँग विशेष छलफल गरेका छन् । सोमबार आयोजित छलफल कार्यक्रममा उपमहासचिव यादवले जनताको लामो समयदेखिको अपेक्षा पूरा गर्न हुलाकी राजमार्गको उचित उपयोग र यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउँदै यस अभियानलाई जनस्तरमा लैजानुपर्नेमा जोड दिए।
बैठकमा सहभागी कार्यकर्ताहरूले समेत आफ्नो सुझाव प्रस्तुत गर्दै अभियानलाई सफल बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए।

बैठकमा हुलाकी राजमार्गसँग जोडिएका क्षेत्रहरूको विकास, जनचेतना अभिवृद्धि, पार्टी संगठन सुदृढीकरण र स्थानीय जनसमस्याहरू समाधानका उपायहरूबारे विस्तृत छलफल गरेका थिए । नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित हुलाकी राजमार्ग जनजागरण अभियानले आगामी दिनमा स्थानीय विकास, पूर्वाधार निर्माण र जनताको प्रत्यक्ष सहभागिता बढाउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।कार्यक्रममा मधेस प्रदेशस्तरीय नेताहरू, जिल्ला तहका पदाधिकारीहरू तथा स्थानीय कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

नेकपा माओवादी केन्द्रका
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]