०३ बैशाख २०८२, बुधबार

जनकपुरमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुँदै

काठमाडौं– सातौँ अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने भएको छ। यही मार्च २१ र २२ अर्थात् चैत ८ र ९ गते हुने सम्मेलनमा विश्वका विभिन्न देशका क्यान्सर रोग विशेषज्ञहरूको सहभागिता रहनेछ।सम्मेलनका निर्देशक तथा विनय तारा फाउन्डेसनका अध्यक्ष डा विनय शाहले सम्मेलनमा अमेरिका, भारत, बङ्गलादेश, नेपालका क्यान्सर रोग विशेषज्ञ र यसको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र सरोकारवालाहरू सहभागी हुने जानकारी गराए।विश्वभर क्यान्सर उपचारमा भइरहेका नयाँ प्रगति, प्रविधि, अनुसन्धान र चिकित्सकहरूका अनुभवहरू सम्मेलनमा समेटिने आयोजकले जनाएको छ। दुई दिन चल्ने सम्मेलनमा नीतिगत बहस हुनेछन्। स्तन क्यान्सर, फोक्सो क्यान्सर, स्त्रीरोग क्यान्सर, रगत क्यान्सरलगायत विभिन्न क्यान्सरका विषयमा बहस हुनेछ। स्वास्थ्य बिमाका विषय लगायतमा बहस हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]