०३ बैशाख २०८२, बुधबार

दैनिक जिवनमा मात्रै नभैइ मुलुकको आर्थिक समृद्धिमा समेत पानीको महत्व छ : मन्त्री खड्का

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलस्रोत भएको मुलुक मध्येको नेपाल पनि एक भएकाले पानीको संरक्षणमा लाग्नु आजको आवश्यकता रहेको बताएका छन् । शनिबार ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ मा बोल्दै मन्त्री खड्काले पानीको सहि सदुपयोग र सहि उपयोग गर्न सके दैनिक जिवनमा मात्रै नभैइ मुलुकको आर्थिक समृद्धिमा समेत टेवा पुर्याउने बताएका हुन् ।उनले भने, ‘पानी बिना जिवन एकछिन कल्पना गर्न पनि हामीलाई गाहे छ । सबैभन्दा बढी पानी अर्थात जलस्रोत भएको मुलुक मध्येको एक नेपाल पनि हो भनेर यसको उपयोग गर्दैगर्दा हामी महशुस गर्न सक्छौं । यसरी तुलनात्मक ढंगले यसलाई हेरेर यसको संरक्षणमा लाग्नु आजको आवश्यकता हो । यसलाई सहि सदुपयोग र उपयोग गर्नु आजको आवश्यकता हो । दैनिक

जिवनमा मात्रै होइन मुलुकको आर्थिक समृद्धिका लागि पनि यो पानी अर्थात जलस्रोत अत्यन्तै उपयोगी छ । खासगरी नेपालका लागि क्रान्तिकारी आर्थिक समृद्धिको लागि पानीको उपयोग गरेर समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने, मुलुकले लक्ष्य लिएर अगाडि बढीरहेको छ । ’साथै उनले पानीको संरक्षण सँगसँगै पानीबाट श्रृजित चुनौतिहरुको व्यवस्थापन गर्नुपर्ने बताए । उनले हिमालहरुको अवस्था, हिमनदीहरुको अवस्था र त्यसबाट श्रृजित समस्याहरुको समाधानका लागि नेपाल सरकार गम्भिर रुपले लागिरहेको समेत बताए ।

उनले भने, ‘हामीले स्वच्छ पानीका कुरा गरिराखेका छौं । र पानीको संरक्षण सँगसँगै पानीबाट श्रृजित चुनौतिहरुको व्यवस्थापन आवश्यक छ । वातावरण प्रभावका कुरा गरिराखेको छौं । वातावरणका असरका कारण, हिमालहरुको अवस्था, हिमनदीहरुको अवस्था र त्यसबाट श्रृजित समस्याहरुको समाधानका लागि नेपाल सरकार गम्भिर छ । विभिन्न दातृ राष्ट्रहरुसँग, विकास साझेदारी राष्ट्रहरुसँग छलफल र अनुरोध गरिराखेको छ । हामीले हाम्रो तहबाट संरक्षण गर्ने कुरा र उपयोग गर्ने कुरामा पनि हामी सबै नेपालीहरु आफ्नो ठाउँबाट लाग्नुपर्छ भन्ने म विश्वास राख्न चाहन्छु ।’

सिंचाईमन्त्री दीपक खड्काले जलस्रोत भएको मुलुक मध्येको नेपाल पनि एक
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]