०३ बैशाख २०८२, बुधबार

ललितपुरको तीनवटा वडा जोड्ने नख्खु खोला पुलको समुद्घाटन

ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १४/ २६ र २५ जोड्ने नख्खु खोला पुलको समुद्घाटन गरिएको छ ।बिहीबार ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको उपस्थितीमा

हो ।
उक्त पुल उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पुल नभएकै कारण धेरैले अकालमै ज्यान गुमाएकै कारणले धेरै ठाउँमा पुल निर्माणदेखि लिएर शिलान्यास गरिसकेको बताए ।उनले नगरपालिका र कर्मचारिहरुको पहिलो प्राथमिकता भनेको नगरवासीहरुलाई एउटा सानोतिनो घाउँ पनि नलागोस् भन्ने उद्देश्यले नै आफूहरु अनवरत रुपमा काम गरिराखेको बताए । उनले भने, ‘पुल नभएकै कारण धेरैले अकालमै ज्यान गुमाउनुभयो । त्यसकारण हामीले धेरै ठाउँमा पुल निर्माणदेखि लिएर शिलान्यास गरिसकेका छौं । हालसम्मको तथ्यांक हेर्ने हो भनेपनि पुल नभएको कारणले करिब १६ जनाले ज्यान गुमाउन पुगे ट्राफिक दुर्घटनामा । त्यसैले ट्राफिक दुर्घटनालाई हटाउनका लागि महानगरपालिकाले विभिन्न ठाउँमा पुलहरु निर्माण गरिरहेको छ ।

नगरपालिका र कर्मचारिहरुको पहिलो प्राथमिकता भनेको नगरवासीहरुलाई एउटा सानोतिनो घाउँ पनि नलागोस् भन्ने नै हो । त्यसैले हामी अनवरत रुपमा काम गरिरहेका छौं।’यसैगरी उनले प्रशासकिय अधिकृत ललितपुर महानगरपालिकामा आइसकेपछाडि ललितपुरको विकास पूर्णमय भएको बताए । उनले अब निकट भविष्यमै कुसुन्तीमा एउटा अपांगमैत्री पुल सञ्चालनमा आउने समेत जानकारी गराए ।उनले भने, ‘प्रशासकीय अधिकृत ललितपुर महानगरपालिकामा आइसकेपछाडि यहाँको विकास चाँही पूर्णमय भएको छ । तीनवटा पुल नै उद्घाटन गरिसकेका छौं । अर्को पुलको शिलान्यास भइसकेको छ, अब निकट भविष्यमै कसुन्तीमा एउटा अपांगमैत्री पुल बनाइरहेका छौं, त्यसमा चक्रपथ क्रस गर्नका लागि हामी साधारण मान्छे वारपार गर्न सक्छौं तर अपांगहरुको लागि पनि केही गरौं न भनेर अपांमैत्री पुल बनाएका हौं ।’

नख्खु खोला पुलको समुद्घाटन गरिएको
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]