०३ बैशाख २०८२, बुधबार

पर्यटक भिसामा आएका चिनियाँ नागरिकको भाषा कक्षा बन्द

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानमा चिनियाँ पर्यटकले सञ्चालन गरेको भाषा कक्षा बन्द भएको छ ।

बिगत एक महिनादेखि चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ को ईभा खाजाघर र डाबरी जाने बाटोमा तथा वडा नम्बर १०को बालचनपुर स्थित तेली समाज धर्मशाला चिनियाँ भाषा कक्षा सञ्चालन हुँदै आएको थियो ।

पर्यटक भिसामा आएका चिनियाँ नागरिकले यहाका बालबालिकालाई समुहगत रूपमा भाषा सिकाउदै आएका थिए । उनीहरुले भाषा कक्षा सञ्चालन गर्दा मोबाईलबाट भिडियो समेत बनाउने गरेको पाइएको थियो । चिनियाँ नागरिकले गरेको गतिविधि र कार्य शंकास्पद लागेपछि अभिभावकले प्रहरीमा समेत खबर गरेका हुन । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले अनुमति बिना भाषा कक्षा सञ्चालन गर्न नपाउने बताए ।

यस विषयमा सोधपुछका लागि चिनियाँ पर्यटकलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । अहिले चिनियाँ भाषा कक्षा सञ्चालन हुँदै आएको स्थनमा बन्द गराइएको उनले बताए ।

चिनियाँ नागरिकले भाषा कक्षामा सहभागी भएका बालबालिकालाई दैनिक रु ५० देखि सय सम्म दिने गरेको पाइएको थियो । बालबालिकालाई आफ्नो कक्षामा आकर्षण गर्न विभिन्न उपहार समेत दिने गरेको पाइएको स्थानीय जयराम चौधरीले बताए । उनका अनुसार केही अभिभावकलाई समेत उनीहरुले उपहार सामग्री दिएका छन ।

तर चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले अनुमति नलिएर भाषा कक्षा सञ्चालन भएकोमा आपत्ति जनाएका छन । पर्यटक भिसामा आएका उनीहरुलाई पढाउने अनुमति नभएको उनको भनाइ छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चिनियाँ भाषाको कक्षा बन्द गराएपछि उनीहरुलाई चन्द्रनिगाहपुर छाड्न भनिएको जनाएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]