०६ बैशाख २०८२, शनिबार

गरुडाको तरकारी बजारमा आगोलागी

रौतहट । रौतहटको गरुडा नगरपालिकाको चोकमा रहेको तरकारी बजारमा शुक्रवार विहान आगलागी भएको छ । आगलागीबाट करीव तिन वटा भन्दा बढी फुसको घर जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।स्थानीय कमल जयसवालले सञ्चालन गरेको होटलमा आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यलय गरुडाले जनाएको छ । प्रहरीका अनुसार आगलागीले घरमा राखिएको दुईवटा ग्यास सिलिण्डर विष्फोट भएको छ ।ग्यास सिलिण्डर विस्फोट भएपछि आगो नियन्त्रणमा बाहिर गएपनि कुनै प्रकारको मानवीय क्षती नभएको जिल्ला प्रहरी कार्यलय रौतहटका प्रवक्ता एवं डिएसपी दिपक कुमार राय बताए ।

उनका अनुसार आगलागीको घटनाका बारेमा जानकारी पाउनका साथ ईलाका प्रहरी कार्यालय गरुडाको टोलि घटनास्थल पुगेको थियो । सुरक्षाकर्मी , स्थानियबासी र गौरबाट आएको वरुण यन्त्र (दमकल) सहयोगमा आगो नियन्त्रणमा आएको उनले जानकारी दिए ।

आगो करीव दुई घण्टापछी नियन्त्रणमा आएको उनले बताए । कति वटा फुसको घर जलेर नष्ट भएको वारे आधिकारीक जानकारी प्राप्त नभएपनि तीनवटा भन्दा बढी नै जलेको डिएसपी रायले बताए । आगलागीवारे भएका क्षतिका विवरण संकलन भइरहेकोे जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

तरकारी बजारमा शुक्रवार विहान आगलागी भएको छ
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]